• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र १४, २०७९
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेल नीति सम्मेलनको घोषणापत्र सार्वजनिक
64x64
बिहिवार, मंसिर ९, २०७८ खेलपाटी संवाददाता

काठमाडौं । नेपाल खेलकुद महासंघले खेल नीति सम्मेलनको घोषणापत्र सार्वजनिक गरेको छ ।

महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै मंसीर ५ र ६ गते काठमाडौंमा सम्पन्न खेल नीति सम्मेलनको घोषणापत्र सार्वजनिक गरेको हो ।

खेल नीति सम्मेलनका सहभागीलाई १० समूहमा विभाजन गराई समूहगत छलफल तथा प्रस्तुति गरिएको थियो । सो समूहगत प्रतिवेदन, विज्ञहरुको प्रस्तुती तथा केन्द्रिय विज्ञ आयोगको छलफल पश्चात २२ बुदागत निष्कर्ष निकालिएको महासंघले जनाएको छ ।

सम्मेलनले निकालेको निष्कर्षमा खेलक्षेत्रमा राज्यका तीनै तहले कम्तीमा २ प्रतिशत बजेट विनीयोजन गर्नुपर्ने, खेलकुदलाई नागरिकको आधारभूत अधिकारको रुपमा अंगिकार गर्दै राज्यका तीन वटै तहले दायित्व र कर्तव्यको विषय बनाउनु पर्ने, खेलकुद विद्यालय÷विश्वविद्यालयको स्थापना गर्ने र अन्य सबै विद्यालयहरुमा अनिवार्य खेल प्रशिक्षकको व्यवस्था गर्नु पर्ने र खेलकुद क्षेत्रलाई सहभागीतामूलक तथा सबैको पहँचको विषय बनाईनु पर्ने रहेको छ ।

त्यस्तै परराष्ट्र नीति र कुटनीतिमा समेत खेलकुदको ठूलो भूमिका रहने हुँदा त्यसतर्फ सोच्न र तयारी गर्न जरुरी, विद्यालय, क्लब र स्थानीय समुदाय या कार्यक्षेत्रबाटै खेलकुदको शुरुवात गर्न जरुरी,  खेलाडी, प्राविधिक र प्रशिक्षक तथा खेल संघसंस्थालाई राज्यले दिईने सुविधा बृद्धि गर्नुपर्ने,  महिला शसक्तिकरणको मुख्य टुल्सका रुपमा खेलकुदलाई लिन सकिने, भेट्रान÷मास्र्टस र प्रौढ खेलकुदको उठानका लागि समेत ध्यान दिन जरुरी,  नेपालका राजनीतिक पार्टीका खेलकुद संगठनहरुका बिचमा राष्ट्रिय अन्र्तराष्ट्रिय र खेलकुदका आधारभूत मुद्दामा सहकार्यको जरुरी र पर्यटन प्रवद्र्धन, लगानी र रोजगारीको नयाँ क्षेत्रको रुपमा खेलकुद क्षेत्रलाई लिन सकिने बुदा समेटिएको छ ।

त्यसगरी पछिल्लो दक्षिण एसियाली खेलकुदमा प्राप्त गरेको दोश्रो स्थानको उपलब्धिलाई संरक्षण गर्दै आगामी १० वर्षभित्र एसियन तथा ओलम्पिक गेम्समा पदक ल्याउने गरी तयारी थाल्नुपर्ने, पारा, स्पेशल र फरक क्षमता भएका हरुलाई समेत खेलकुदमा प्राथमिकता दिईनु जरुरी,  राष्ट्रिय खेलसंघको स्वायतताको ग्यारेन्टी, प्रदेश खेल संघलाई कार्यकारी तथा पालिका संघलाई समावेशी चरित्रको बनाउनुपर्ने, अन्र्तराष्ट्रिय महासंघहरुमा नेतृत्व र विश्वस्तरीय ईभेन्टहरु नेपालमा आयोजना गर्ने गरी नीतिगत तयारी तथा भौतिक संरचना निर्माणको थालनी गनुपर्ने, माउण्टेन स्पोर्टस गेम्स नेपालमा आयोजनाको तयारी गर्ने, चितवनलाई वाटर र बीच गेम्सको केन्द्र बनाउने, राष्ट्रिय खेल नीति को प्रस्ताव आगामी संसदमा पेश गर्नका लागि पहल गर्ने लगायतका निष्कर्ष रहेको छ ।

खेल क्षेत्रमा अस्थिरता पैदा गर्ने गरी राखेपका पदाधिकारी लगायतको नियुक्तिका सन्दर्भमा सरकार पक्षबाट बारम्बार हुने निलम्बन तथा निष्कासन कार्यप्रतिलाई सम्मेलनले आपत्ति जनाएको, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीको सामजिक सुरक्षा र निवृत्तिभरणको ग्यारेन्टी गरिनुपर्ने तथा  खेलकुदका नाममा देशैभरी रहेका सम्पत्तिलाई खेलाडी र खेलक्षेत्रको वृत्ति र विकासका लागि प्रयोगमा ल्याउनु पर्ने सम्मेलनको निष्कर्ष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोलिनै सदस्य सचिव नियुक्तिको तयारी
राखेपमा नयाँ ८ बोर्ड सदस्य मनोनित
जो छन् सदस्य सचिवको दौडमा
'वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन'
राखेप सदस्य सचिवको लागि दरखास्त आह्वान
एनओसीको साधारण सभा अर्को महिना
  • ताजा समाचार
  • खेल आज
एनआरटी बीबीसीविरुद्ध जित खोज्दै
मछिन्द्र र आर्मीको महाभिडन्त
नापोलीको फराकिलो जित
रियलको पुनरागमन जित
आत्मानन्द कप : बिबिएफसी दमक सेमिफाइनलमा
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
संवाददाता विश्वास थापा सुमन भुसाल
मल्टिमिडिया निशान्त श्रेष्ठ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© कखरा पब्लिकेशन प्रा.लि. - 2023 Web Design by : SoftNEP