काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा सोमबारको पहिलो खेल एनआरटी र बीबीसीबीच हुनेछ ।
जहाँ बीबीसी आफ्नो पहिलो खेलमा एपीएफविरुद्ध विजयी रहेको थियो, त्यहीं एनआरटीले भने मछिन्द्रविरुद्धको आफ्नो पहिलो खेल गुमाएको थियो ।
तर एनआरटीले बीबीसीको सामना गर्दा उसका लागि पहिलो जित निकाल्ने राम्रो अवसर हुनेछ । पछिल्लो पाँच संस्करणको लिगमा यी दुई टिमबीच तीन खेल भएका छन् । त्यसमध्ये दुईमा एनआरटी विजयी रहेका छ ।
एक भने बराबरीमा टुंगेको थियो । एनआरटीले वर्ष ०७६ मा बीबीसीलाई २–० ले हराएको थियो । यस्तै वर्ष ०७५ को खेल भने गोलरहित बराबरीमा टुंगियो । वर्ष ०७० र ०६९ मा यी दुई टिमको भेट भएन् ।
वर्ष ०६८ मा भने एनआरटीले १–० को जित निकालेको थियो । यस्तोमा दशरथ रंगशालमा हुने खेलमा एनआरटीसामु यस वर्षको लिगको पहिलो जित निकाल्ने बलियो अवसर हुनेछ ।