काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले फराकिलो जित दर्ता गरेको छ ।
आइतबार राति भएको खेलमा नापोलीले लाजियोलाई ४-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा ड्राइस मेर्टेन्सले दुई गोल गरेपछि नापोलीले फराकिलो जित निकालेको हो ।
खेलको सातौं मिनेटमा पियोटर जेलिनिस्कीले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए ।

दशौँ मिनेटमा मेर्टेन्सले गोल गर्दा नापोलीको अग्रता २-० को बन्यो ।
२९ औं मिनेटमा मेर्टेन्सले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा फाबियन रुइजले गोल गर्दै नापोलीलाई ४-० को जित दिलाए ।
जितसँगै नापोलीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।
नापोलीले १४ खेलमा ३५ अंक जोडेको छ ।
लाजियो २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।