इलाम । इलामको माङ्सेबुङमा जारी १४ औ संस्करणको आत्मानन्द कप खेलकुद प्रतियोगितामा बिबिएफसी दमक सेमिफाइनलमा प्रवेश गरेको छ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द खेल मैदानमा दोश्रो क्वाटरफाइनल खेलमा रेडहर्ष इलामलाई ६–० ले पराजित गर्दै दमक अन्तिम चारमा प्रवेश गरेको हो ।
खेलको चौंथो मिनेटमा नै किस्मत लिम्बूले गोल गर्दै दमकलाई अग्रता दिलाए । यसैगरि खेलको ९ औं मिनेटमा पुनः लिम्बूले नै गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको सुरुवातबाटै इलाममाथि हावि भएको दमक खेलको १४ औं मिनेटमा आशिष चापागाईले अग्रता तेब्बर बनाए ।
खेलको ४७ औं मिनेटमा गौरव धिमालले गोल गर्दै ४–० को अग्रता बनाए । दोस्रो हाफमा समेत दबाब बनाएको खेलमो ६४ औं मिनेटमा राजन धिमालले गोल गर्दै ५–० को अग्रता बनाए । खेलको ६७ औं मिनेटमा बिक्रम राईले गोल गर्दै दमकलाई ६–० ले जित दिलाए ।
खेलको म्यान अफ द म्याच किस्मत लिम्बू घोषित भए ।
प्रतियोगिता अन्तरगत आज तेश्रो क्वाटरफाइनल खेलमा फिदिम स्पोर्टिङ क्लव पाँचथर र झापा–११ विच हुनेछ । प्रतियोगिताको फाईनल खेल मंसिर १७ गते हुनेछ ।
मंसिर १७ गते सम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ ।