काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रियलले सेभियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा रियलले एक गोलको अग्रता उल्टाएर पुनरागमन जित निकालेको हो ।
खेलको १२ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई सुरुआती अग्रता दिलाएका थिए।

करिम बेन्जिमाले ३२ औं मिनेटमा गोल गर्दै रियललाई १-१ गोको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई २-१ को जित दिलाए ।
जितसँगै रियलले १४ खेलमा ३३ अंक जोडेको छ । रियल शीर्ष स्थानमा रहेको छ ।
सेभिया २८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

अर्को खेलमा एट्लेटिको मड्रिडले क्याडिजलाई ४-१ गोल अन्तरले हराएको छ ।
जितसँगै दोस्रो स्थानको एट्लेटिकोले २९ अंक जोडेको छ ।