काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलान पराजित भएको छ ।
आइतबार राति भएको खेलमा मिलानलाई सासोउलोले ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा मिलानले हार व्यहोरेको हो ।
खेलको २१ औं मिनेटमा एल्सियो रोमागनोलीले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।
२४ औं मिनेटमा जियानलुका स्कामाकाले गोल गर्दै सासोउलोलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ३३ औं मिनेटमा मिलानका सिमोनले आत्मघाती गोल गरेपछि सासोउलोले २-१ को अग्रता बनायो ।
त्यसपछि खेलको ६६ औं मिनेटमा डोमिनिको बेरार्डीले गोल गर्दै सासोउलोलाई ३-१ को जित दिलाए ।
यस्तै खेलको ७७ औं मिनेटमा एल्सियो रोमागनोलीले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा समेटिएको थियो ।
यस हारसँगै मिलानले १४ खेलमा ३२ अंक जोडेको छ । मिलान दोस्रो स्थानमा रहेको छ ।
सासोउलो १८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।